लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदै

माघ, २१ काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ। प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले बताइन् ।
उनका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ। लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रूपमा मनाउने गरिन्छ।