हुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

माघ, ६ काठमाडौं । चंखेली गाउँपालिका-१ को होहराबाडामा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय तुल्या बोहराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बताएको छ ।
नुन बोकेर लोतीबाट वडानम्बर १ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् । ट्याक्टर बिहान १० बजेतिर दुर्घटना भएको हो । घाइतेहरूको उद्वार भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारि दिनुभयो ।