Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइका लागि भएकाे आन्दोलनमा सहभागी थप ६० जनालाई सजाय

पाकिस्तानको सैन्य अदालतले गएको वर्ष पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जनालाई सजाय सुनाएको छ ।

पूर्वप्रधानमन्त्री खानलाई गएको वर्षको ‘मे’ महिनामा पदबाट हटाइएपछि पक्राउ गरिएको थियो । उनले देशका शक्तिशाली सैन्य नेताहरूविरुद्ध अवहेलनाको अभियान चलाएका थिए । भ्रष्टाचारको आरोपमा उनलाई हिरासतमा लिएपछि राष्ट्रव्यापी अशान्ति फैलिएको थियो ।

पाकिस्तानमा दशकौंदेखि प्रत्यक्ष रूपमा शासन गर्दै आएको र अझै पनि ठूलो प्रभाव रहेको सेनाले गएको वर्ष आन्दोलनमा सहभागी भएका अभियुक्तहरूविरुद्ध मुद्दा चलाउने बताएको थियो ।

यसअघि गएको शनिवार २५ जनालाई दोषी ठहर गरिएको थियो । फैसलाअनुसार उनीहरू सबैलाई दुईदेखि १० वर्षसम्मको कठोर कारावासको सजाय सुनाइएको समाचार संस्था एएफपीले जनाएको छ ।

यो प्रक्रियाबारे संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र बेलायतले निन्दा गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति निकालेर पाकिस्तानी सैन्य अदालतमा न्यायिक स्वतन्त्रता, पारदर्शिता र उचित प्रक्रियाको ग्यारेन्टीको अभाव रहेको बताएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com