आज उपत्यकासहित देशभरको मौसम सफा
मंसिर, २० काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा रहेको छ । तराई, उपत्यका र बेँसीका केही ठाउँमा बिहानपख हुस्सु लागे पनि दिउँसो देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली रहेको छैन । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले बताएको छ ।