Yeti Khabar

२०८१ आश्विन २४, बिहीबार - Thu Oct, 2024 -

बङ्गलादेशका विश्वविद्यालयमा फेरि पठनपाठन शुरू

प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनका कारण एक महिनाभन्दा  लामो समयसम्म बन्द भएको बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन शुरू भएको छ  । विद्यार्थीहरू हिजोदेखि  कक्षामा फर्किएका छन् ।

रोजगारी आरक्षणको विरोधमा हसिनाको १५ वर्षको कठोर शासनको अन्त्य गर्न राष्ट्रव्यापी सङ्घर्षमा परिणत भएपछि हजारौँले ढाकामा रहेका क्याम्पस र वरपरको क्षेत्रहरूमा प्रदर्शन गरेका थिए  । जुलाईमा विरोध प्रदर्शन बढ्दै गएपछि अधिकारीहरूले क्याम्पस परिसर बन्द गरेका थिए ।

हिजोदेखि क्याम्पसहरुमा फेरि कक्षा भरिन थालेका र विश्वविद्यालय परिसरमा विद्यार्थी, शिक्षक र कर्मचारीको चहलपहल बढेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यसअघि हसिना समर्थित प्रशासकहरूले राजीनामा दिएका चार–पाँच विभागबाहेक सबैमा फेरि कक्षा शुरू भएको समाचारमा उल्लेख छ । विद्यार्थीले स्वतन्त्रत भएर कक्षामा उपस्थित हुन र निर्धक्क अभिव्यक्त दिन  सक्ने महशुस गरेको प्रतिक्रिया दिएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com