Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

उडान भरेको केही क्षणमै विमानको इन्जिनमा आगलागी हुँदा…

क्यान्डाको एक विमानमा उडान भरेको केही समयमै आगलागी भएको घटना सार्वजनिक भएको छ। क्यानडाको टोरन्टो विमानस्थलबाट पेरिसका लागि उडान भरेको बोइङ्ग ७७७ जेट विमानमा उडानको केही समयमै आगलागी भएको भिडियोहरू सार्वजनिक भएका छन्। यो घटना बुधवारको हो।

क्यानडा सरकारले घटनाबारे जानकारी दिँदै विमानमा ३८९ जना यात्रुसहित चालक दलका १३ जना सकुशल रहेको बताएको छ।

घटना लगतै विमान दलका चालक र क्रुलाई जानकारी गराइएको र तत्काल विमानलाई सकुशल अवतरण गराइएका कारण अप्रिय घटना हुनबाट जोगिएको पनि क्यानडा सरकारले जनाएको छ। विमानको जाँचको क्रममा विमानको इन्जिनमा आगलागी भएको बुझिएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com