Yeti Khabar

२०८१ बैशाख २१, शुक्रबार - Fri May, 2024 -

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्य‍ु

चैत्र, २३ काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको मृत्य‍ु भएको छ। बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर आज बिहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा सडकबाट करिब २ सय मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको हो।

मृत्यु हुनेमा चालक कन्चनपुरको शुक्लाफाँटा नगरपालिका(३ पिपलादीका ३० वर्षीय राजेश चौधरी र ट्याक्टरमा सवार बैतडीको पाटन नगरपालिका-१० पनालीका ५० वर्षीय मानबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

उनीहरूको दुुबै जनाको दुर्घटनास्थलमै मृत्यु भएको हो। दुर्घटना बिहानै भएको तर प्रहरीलाई ढिला गरी प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक केसीले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com