Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा

कञ्चनपुर – सुदूरपश्चिममा पहिलोपटक बालक्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा शुरु भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा महाकाली प्रादेशिक अस्पतालमा बालक्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा शुरु भएको हो ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरी निको पार्न सकिने बताउनुभयो । तर क्यान्सरका बिरामी अन्तिम समयमा अस्पतालमा पुग्ने गरेका कारण उपचारका कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।

प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले पछिल्लो समय अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएको बताउनुभयो । अस्पतालले डायलायसिस सेवासमेत शुरु गरेपछि सेवाग्राहीलाई सहज भएको उहाँको भनाइ छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com