Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बासस्थान र आहाराको अभावमा लोप हुँदै हुचिल

उदयपुर – दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा सङ्कटमा पर्दै गएको छ । विशेषगरी चिउरी, गायोको रुखमा बस्न मनपराउँने पक्षी हुचिल गाउँघरमा यस्ता बोट नहुँदा पनि समस्यामा परेका छन् ।

गाउँघर एवं जङ्गल क्षेत्रमा विगतमा सहजै पाइने हुचिल अहिले देखिन छोडेका उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादुर राई बताउनुहुन्छ ।

उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ, चौदण्डीगढी नगरपालिकाको चौदण्डी, सिद्धीपुर क्षेत्रतिर हिउँद र बर्खायाममा सहजै देख्न पाइने दुर्लभ पक्षी हुचिल हिजो आज देख्न नै मुश्किल रहेको स्थानीय बासिन्दा बताउँछन् ।

‘दश, बाह्र वर्ष अगाडिसम्म हिउँद/वर्षा दुवै याममा गाउँघरमा रुख–रुख बसेर कराउने गर्थे, तर हिजोआज हुचिल बस्ने बासस्थान मानिसले मासी सके, खाने कुरा आहाराको पनि अभाव छ’ चौदण्डी गढी नगरपालिका सिद्धीपुरका धनबहादुर पुलामीमगरले भन्नुभयो,‘ आजकल हुचिलको आवाज नै सुनिँदैन ।’

पछिल्ला वर्ष हुचिल मात्रै नभएर अरु पक्षीहरू पनि समस्यामा पर्दै गएका नेपाल पक्षी संरक्षण सङ्घका उपाध्यक्ष एवम् चराविद् विमल थापाले बताउनुभयो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com