Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शन : ४८ जनाको ज्यान गयो, ७५ जना घाइते

कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको ज्यान गएको छ । बुधवार कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । शुरुमा १० जनाको ज्यान गएको बताइएको थियो । तर यो घटनामा कम्तीमा ४८ जनाले ज्यान गुमाएका अधिकारीहरुलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । ७५ जना घाइते भएका छन् ।

प्रदर्शनमा संलग्न रहेको आरोपमा एक सय ६८ जना पक्राउ परेका छन् । कङ्गोको मानव अधिकार अधिकार समूह लुचाले पनि मारिएका प्रदर्शनकारीको सङ्ख्या ५० को हाराहारीमा रहेको जनाएको छ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com