Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बारामा ज्यान गुमाएका सात जनाकै परिचय खुल्यो

भदौ,७ काठमाण्डौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सात जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी, ६७ वर्षीया वैजन्ती देवी र महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित रहेका छन् ।

पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुरका लागि छुटेको तीर्थयात्री बोकेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाईमा दुर्घटनामा परेको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

घाइतेहरुको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनमा रहेको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com