Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मलाई स्थगित

whatsapp sharing button

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।  नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

आइतबार बिहान संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, सत्तापक्ष र प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न सकेको थिएन ।

आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको थियो । 

त्यस्तै बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने लगायत सम्भावित कार्यसूची रहेको  थियो ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com