Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण : ६ जनाको ज्यान गयो

चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन्  ।

चीनको दक्षिण पूर्वी ग्वाङडोङ प्रान्तमा रहेको साना बालबालिका पढ्ने एक विद्यालयमा चक्कु आक्रमण भएको स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणमा तीन जना विद्यार्थी, दुई जना अभिभावक र एक जना शिक्षकको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले २५ वर्षका एक जनालाई पक्राउ गरेको छ । यो आक्रमण नियोजित भएको हुन सक्ने आशङ्का गरिएको छ । चीनमा यस्ता खालका आक्रमण निकै कम हुने गरे पनि पछिल्ला वर्षमा भने बढिरहेको खबरमा उल्लेख गरिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com