Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

दुई वर्षको जेल सजाय फैसलाविरुद्ध पुनरावेदन गर्दै राहुल गान्धी

गुजरातको एक अदालतबाट मानहानि मुद्दामा दोषी ठहरिएका भारतीय कंग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायालयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएका छन् ।

गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानि मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । नेता गान्धीले सेसन कोर्टको उक्त सजायविरुद्ध भोलि (सोमबार) पुनरावेदन गर्ने उनको पार्टीका वरिष्ठ नेताहरूले बताएका छन् । 

‘तल्लो अदालतको आदेशलाई चुनौती दिँदै भोलि सुरत अदालतमा अपिल दायर गरिनेछ, राहुल गान्धी पनि त्यहाँ उपस्थित हुनुहुनेछ,’ नेता गान्धीको कानुनी समूहका एक सदस्यले पीटीआईलाई भनेका छन् । उच्च अदालतमा पुनरावेदन गर्न उक्त अदालतले उनलाई अवसर दिँदै ३० दिनका लागि सजाय स्थगन गरेको थियो ।

मानहानि मुद्दामा दोषी ठहर गरेपछि लोकसभा सदस्य रहेका गान्धी विधायकका निम्ति अयोग्य घोषित हुँदै पदमुक्त भएका थिए । ५२ वर्षीय गान्धीलाई भारतीय दण्ड संहिता आईपीसी धारा ४९९ र ५०० अन्तर्गत अदालतले दोषी ठहर गरेको थियो ।

विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानि भएको ठहर अदालतले उक्त आदेश गरेको हो । सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए ।

नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी भाजपाका विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com