Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु

कात्तिक, ८ काठमाडैँ । पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । बिन्दबासिनी गा।पा। वडा नं। ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दासको मृत्यु भएको हो ।

सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको बोटतिर गएका थिए । त्यसक्रममा निर्माणाधीन उक तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमा टेकेका थिए । जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर गम्भिर घाइते भएका थिए ।

प्रहरीले उद्धार गरी उपचारार्थ बाराको प्रसौनीस्थित एल।एस।न्युरो अस्पताल पुर्‍याएको थियो । अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com