सुर्य कुमारी मेरो न्वारानको नामले धेरैलाई पोल्यो : करिस्मा
काठमाडौ १७ चैत ।अभिनेत्री करिस्मा मानन्धर हालै एमाले प्रवेश गरेकी छिन । एमाले प्रवेश गरेदेखि उनी लगातार चर्चाको बिषय बनिरहेकी छन् ।
उनको चर्चाको बिषय एमाले प्रवेशदेखि यस अगाडिको राजनीतिक पार्टीसँगको आबद्धता रहने गरेको छ । अहिले भने उनी आफ्नो न्वारनको नामबाट चर्चामा रहेकी छन् । केही दिन अगाडि एमालेको कपिलवस्तुको कार्यक्रममा बोल्दै करिश्माले आफ्नो न्वारनको नाम सुर्जेकुमारी भएको बताइन् । आफू एमाले प्रवेश प्रशंगमा उनले न्वारनको नाम जोडेकी थिइन् ।
आफ्ना बारेमा मिडियादेखि सामाजिक संजालसम्म हुने गरेको टिप्पणीलाई उनले सामाजिक संजाल मार्फत जवाफ फर्काएकी छन् । उनले लेखकी छन् ‘सुर्य कुमारी, मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो ।