सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं १७ चैत । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।आज विहान ८ः३० बजेबाट मन्त्रिपरिषद बैठक बसिरहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्रीले जानकारी दिए ।
आजै विहान साढे १० बजे सत्ता गठबन्धनको बैठक बोलाएका प्रधानमन्त्री शेरबहादुर देउवा त्यसअघि मन्त्रिपरिषद बैठक राखेका हुन् । स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने भएकाले आजको बैठकले केही महत्वपूर्ण निर्णय नियुक्त लिने बुझिएको छ ।