Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेपनि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल पपुवा न्यूगिनी पीएनजी सँग पराजित

१२ चैत, काठमाडौं । नेपालले दिएको २८९ रनको लक्ष्य पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालमा पहिलो पटक भएको द्विपक्षीय एकदिवसीय श्रृंखला पीएनजीले २-० ले जितेको छ ।

पीएनजीको जितमा लेगा सिएकाले ९० रन बनाए । यस्तै लोअर अर्डमा रिले हेकुरेले अविजित ४८ रन जोडे ।
पीएनजीसँग नेपालको यो लगातार दोस्रो हार हो । शुक्रबार भएको पहिलो खेलमा रोहित पौडेलले १२६ रन बनाएपनि नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।

लक्ष्य पछ्याउने क्रममा पीएनजीको सुरुवात राम्रो हुन सकेन । कप्तान सन्दीप लामिछानेले पहिलो ओभर बलिङ गर्दा पीएनजीले ९ रन जोडेको थियो । तर सोमपाल कामीले दोस्रो ओभरमा लगातार दुई विकेट लिए । सोमपालले ९ रन बनाएका ओपनर टोनी उरालाई दोस्रो बलमा कुशल भुर्तेलबाट क्याचआउट गराए भने तेस्रो बलमा कप्तान असद भालालाई आरिफ शेखबाट क्याचआउट गराए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com