Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

शेरबहादुर देउवा भोली तनहुँ जाने

काठमाडौ ९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भोली तनहुँ जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन देउवा तनहुँ जान लागेका हुन् ।

प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाशले जनाएका छन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण पश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रधानमन्त्री देउवा नेपाली काँग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । लगत्तै उनले तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

देउवा भोली नै ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । गाउँपालिकाले रु तीन करोड ५० लाखको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com