Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

होलीमा फोहोर पानी र लोला हानेमा कारबाही हुने

होली पर्वलाई लक्षित गरेर महानगरीय प्रहरी परिसर, टेकुले विशेष सुरक्षा योजना बनाएको हो।
होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको छ ।

यसपालि होलीमा कम्तिमा १३ ठाउँ विशेष कार्यक्रम हुँदैछन् । त्यसलाई लक्षित गरेर एक हजार ६४९ जना प्रहरी जनशक्ति खटिनेछन् । उनका अनुसार २५ वटा मोबाइल टोली, ३७ पैदल गस्ती, ८७ क्वीक रेस्पोन्स टिम र २८ स्थानमा चेकिङ हुनेछ ।

‘२६ टोलीलाई सादा पोशाकमा खटाइनेछ भने ४५ जना सिनियर प्रहरी अधिकृत होलीको सुरक्षा व्यवस्थापनमा खट्नेछन्’ उनले भने । गत वर्ष प्रहरीले कोरोना महामारीका कारण भिड जम्मा गरेर होली खेल्न रोक लगाएको थियो ।

यसपालि होली खेल्न बाधा नभएपनि कोही कसैको इच्छा विपरित जबरजस्ती रंग दले कारबाही हुने एसपी मौलीले बताएका छन् । उनका अनुसार कसैलाई फोहोर पानी वा कमिकलसहितको रंग छ्यापेको पाइए पनि पक्राउ गरेर कारबाही गरिनेछ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com