Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

बजेट आठ महिनापछि पारित

कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०७८।०७९ को बजेट आठ महिनापछि पारित भएको हो । अध्यादेशमार्फत् ल्याएको बजेट आज प्रदेश सभा सदस्यहरुको बहुमतले पारित गरेका हुन । विनियोजना अध्यादेश ०७८ र आर्थिक अध्यादेश ०७८ प्रतिस्थापन गर्न बनेका विनियोजन विधेयक ०७८ र आर्थिक विधेयक ०७८ प्रदेश सभाबाट बहुमतबाट आज परित भएको हो । गत असार १ मा ०७८।०७९ को बजेट पेश गरिएको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा अवरोध गरेपछि बजेटमा छलफल नै भएको थिएन । संसदबाट बजेट पारित नभएपछि तत्कालीन मुख्यमन्त्री शाही नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।
यो बर्षको कर्णाली प्रदेश सरकारको बजेट ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com