Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

आलेले कलाकार राष्ट्रका गहना हुन् बताए

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना हुन् बताएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै उनले भने, देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको र कलाकै माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो ।

देशमा हाल भइरहेका विभिन्न विकृति र विसङ्गतीलाई चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा मन्त्री आलेले जोड दिए । उनले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com