Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अजरबैजानको आक्रमणमा अर्मेनियाका ४९ सैनिकको मृत्यु

छिमेकी अजरबैजानको आक्रमणमा परी अर्मेनियाका ४९ जना सैनिकको मृत्यु भएको छ।
अर्मेनियाका प्रधानमन्त्री निकोल पासिनयानले मंगलबार संसदलाई अजरबैजानले सोमबार राती गरेको आक्रमणमा आफ्ना सैनिकहरू मारिएको जानकारी दिएको समाचार संस्था एपीले जनाएको छ।

ब्ल्याक सी र क्यास्पियन सीको बीचमा पर्ने सोभियत युनियनका पूर्वसदस्य राष्ट्रहरू अजरबैजान र अर्मेनिया नागोर्नो-काराबाख क्षेत्रका विषयमा दशकौंदेखि विवादमा छन्।

अजरबैजानमा पर्ने उक्त क्षेत्रको केही भू-भाग अर्मेनिया समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छ।
दुई वर्षअघि सन् २०२० मा ६ सातासम्म चलेको युद्धमा अजरबैजानले नागोर्नो(काराबाख क्षेत्रको केही भू-भागमा कब्जा जमाएको थियो। त्यो बेला ६ हजार ६ सय मानिस मारिएका थिए।

अर्मेनियाका प्रधानमन्त्री पासिनयानले सोमबार राती आधा दर्जन स्थानमा अजरबैजानी सेनाले आक्रमण गरेको बताएका छन्।
दुबै देशले सोमबारको तनाव चुलिनुमा एक-अर्कालाई दोष लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com