Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

यी हुन् निर्वाचन आयोगमा दर्ता भएका ८४ दल, १२ दल एकल चुनाव चिन्हमा लड्ने (सूचीसहित)

संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि निर्वाचन आयोगमा यसपालि ८४ दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दलले नाम दर्ता गराएका हुन्।

सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा अर्थात ८४ औं नम्बरमा दर्ता भएको छ।

आयोगले भदौ २२ गतेबाट ३१ गतेसम्म दल दर्ताका लागि समय छुट्टाएको थियो।

आयोगमा दर्ता भए अनुसारका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैबाटै जाँचबुझ सुरू गर्नेछ। राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन् कि छैनन् हेर्ने र अपुग कागजपत्र मगाउने काम हुनेछ।

प्रवक्ता पौडेलले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरुको बुधबारबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन्रु प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्ने कुराको परीक्षण शुरु हुने बताए।

उनले सबै कुराको परीक्षण गरेर दलहरुलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम शुरु हुने जानकारी दिए। आयोगले निर्णय गरेपछि, कानूनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरु दर्ता हुने उनले बताए।

आयोगका अनुसार नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित १२ राजनीतिक दलले एकल चुनाव चिह्नमा निर्वाचन लड्न निवेदन दिएका छन्।

यसैगरी, मिननाथ देवकोटा नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी राष्ट्रवादी, युवराज पौडेल सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल र कृष्णगोपाल बञ्जरा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

यस्तै चरिराज गहतराज नेतृत्वको सामाजिक एकता पार्टी, राजु कार्की नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टीले पनि एकल चुनाव चिह्नमा निर्वाचन लडने भएका छन्।

पूर्वप्रहरी अधिकृत रमेश खरेल नेतृत्वको सुशासन पार्टी, पुण्यप्रसाद प्रसाई नेतृत्वको सचेत नेपाली पार्टी, गंगालाल श्रेष्ठ नेतृत्वको नेपाल नौलो जनवाद पार्टी र रोमलाल गिरी नेतृत्वको नेपाल आमा पार्टीले पनि एकल चुनाव चिह्नमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले जानकारी दिए।

प्रवक्ता पौडेलले संयुक्त निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिष्पर्धा गरे पनि निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने बताए।

उनले चुनावमा कुनै एउटा चिन्हबाट प्रतिष्पर्धा गरेको भए पनि निर्वाचनपछि चुनाव चिन्ह लिएको दलको भन्दा अर्को पार्टीले बढी सिट ल्याएमा बढी सिट ल्याएको पार्टीको नाममा संसदीय दल गठन हुने बताए। उनले पार्टीमा सदस्य फरक फरक भए पनि संसदीय दल भने एउटै रहने बताए। उनले संसदीय दलको ह्वीप यदि मानेनन् भने त्यसमा सदस्यता नरहने सम्मको कानूनी व्यवस्था रहेको उल्लेख गरे।

‘अहिलेसम्म भएको कानूनमा संयुक्त निर्वाचन चिन्ह निर्वाचनमा प्रतिष्पर्धा गर्न मात्रै हो। उहाँहरू बेग्लाबेग्लै दलको हो। चिन्ह एउटै भए पनि बेग्लाबेग्लै दलको रूपमा र बेग्लाबेग्लै दलको हैसियतले चुनाव लड्नुहुन्छ। त्यसकारण कुन दलले जित्यो भन्ने कुरा थाहा भइहाल्छ। किनभने टिकट दिनेदेखिका सबैकुरा आफ्नो दलले गर्ने हो’, उनले भने, ‘निर्वाचनपछि सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुन्छ। यहाँ कुनै एउटा चिन्हबाट लडेको भएपनि भोलि त्यसले भन्दा अर्को चिन्हवालाले बढी ल्यायो भने त्यसको नाममा संसदीय दल गठन हुन्छ। सदस्य फरक फरक भएपनि त्यो एउटा संसदीय दल हो। त्यो संसदीय दलको ह्वीप यदी मानेनन् भने त्यसमा सदस्यता नरहने सम्मको कानूनी व्यवस्था छ। सेतोपाटी बाट

यी हुन् दर्ता भएका ८४ पार्टी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com