प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

असार, १३ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री ओली भोली स्पेन भ्रमणमा जाँदैछन् त्यसअघि उनले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओली भोली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन् । स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।