अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको गरिन हत्या

असार, १ काठमाडौं । असार १ अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
घटनास्थलबाट हतियारसहित मेखमाया कुमाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ । श्रीमान्–श्रीमतीबिच घरायसी विवाद भएपछि दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झनक प्रसाद शर्माले बताए ।