बालेनलाई अमरेशको चुनौती: सक्छौ भने सिंहदरबार बालुवाटार भत्काएर देखाऊ

माघ, २८ काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरले कवाडी व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हिजो टेकुस्थित कवाडी गोदाम भत्काउन पुगेको काठमाडौं महानगरको प्रहरी टोलीले व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका छन्।

उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई कवाडी गोदाम मात्र नभएर सिंहदरबार बालुवाटार भत्काउन पनि च्यालेन्ज दिएका छन्। उनले भने, बालेनलाई च्यालेन्ज गर्छु हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ, हिम्मत छ भने सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाऊ । यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन,’ उनले भने।