Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला

भदौ,६ काठमाण्डौ । भक्तपुरको सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज चारै ढोका खुला गरिएको छ । भक्तजनलाई शिला छोएर पूजा गर्न पाइने व्यवस्था गरिएको छ ।

डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोका खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था मिलाएको समितिका महासचिव हरिशरण बस्नेतले बताउनुभयो ।

समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com