Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

१०० वर्षयताकै सबैभन्दा गर्मी भयो सांघाईमा

चीनको सांघाईमा यसपालि पछिल्ला सय वर्षकै सबैभन्दा गर्मी भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको छ।

यसअघि सांघाईमा मापन भएको सबैभन्दा धेरै तापक्रम ३५.७ डिग्री थियो। सन् १८७६, १९०३, १९१५ र २०१८ को मे महिनामा यसअघि सांघाईको तापक्रम ३५.७ डिग्री पुगेको थियो। सांघाईमा कहिलेदेखि तापक्रम मापन गर्न थालिएको हो भन्ने खुलेको छैन।

यसपालिका दक्षिण पूर्वी एसियाली मुलुकहरू थाइल्यान्ड, भियतनामसँगै चीनका केही दक्षिणी प्रान्तहरूमा हिटवेभ चलिरहेको छ।

सांघाईको मौसम ब्युरोका अनुसार गर्मी आगामी दिनमा अझै बढ्ने सम्भावना छ। समुद्री तटमा रहेको सांघाईमा जुन, जुलाई र अगस्टसम्म गर्मी हुन्छ।

केही दिनअघि चीनको दक्षिणी पश्चिमी प्रान्त सिचुवानका केही ठाउँमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको थियो। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com