Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जनता समाजवादी रौतहटका जिल्ला अध्यक्षले दिए पार्टीबाट राजीनामा

कार्तिक,२२ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् । उनी हाल कुनै पार्टीमा गएका छैनन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण पार्टीबाट राजीनामा दिएको उनले बताए । उनले भने, ‘अहिले चुनावमा हामीलाई मतदाता समक्ष जान पनि गाह्रो भइरहेको छ, जुन पार्टीले नागरिकता विधेयक पारित हुन दिएन, मधेसीलाई पटकपटक अपमान गर्‍यो, संविधान संशोधन हुन दिएन आज सोही पार्टीसँग जसपाले गठबन्धन बनाएको छ, त्यसले गर्दा पार्टीमा काम गर्न निकै गाह्रो भएको कारण राजीनामा दिएको छु ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com