Yeti Khabar

२०८२ जेष्ठ २, बिहीबार - Thu May, 2025 - १२ : ५८ : १५

अफगानिस्तानमा भूकम्पका कारण हजार जनाभन्दा बढी मानिसको मृत्यु

अफगानिस्तानमा आज आएको भूकम्पका कारण हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।
बिबिसीका अनुसार एक हजार पाँच सयभन्दा धेरै मानिस भूकम्पमा परी घाइते भएका छन्।

अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा बुधबार पूर्वाह्न साढे एक बजे ६.१ म्याग्निच्युडको भूकम्प आएको थियो। भूकम्पको गहिराइ ५१ किलोमिटर थियो।

खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला भूकम्पबाट सबभन्दा बढी प्रभावित भएको छ। त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका छन्।

भूकम्पका कारण धेरै ठाउँका हजारौं भवन तथा भौतिक संरचना क्षतिग्रस्त छन्।
घटनास्थलबाट गम्भीर घाइते भएकाहरूलाई वा जटिल अवस्थामा पुरिएका वा थुनिएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com