Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी हुन ।

ललितपुरमा आज एकआयोजित कार्यक्रममा उनले विगतको तुलनामा सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरेकी छिन ।

ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युतको महसुल घटाएको उल्लेख गर्दै भनिन्, ‘यहाँहरूलाई मेरो विशेष अपिल छ, विद्युतीयचुल्हो प्रयोग गरौं।

हाल एक सिलिन्डर ग्यासको मूल्य रु एक हजार ५०० भन्दाबढी भएको छ। त्यसको मूल्य निरन्तर बढ्दै जानेछ। त्यसैगरी पेट्रोल र डिजेलको मूल्य पनि बढ्दै गएको छ। एक लिटर पेट्रोलको मूल्य रु १५० तथा एक लिटर डिजेलको मूल्य रु १३० भन्दाबढी पुगेको र आगामी दिनमा तिनको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उनको जोड थियो।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com