Yeti Khabar

२०८१ बैशाख २५, मंगलवार - Tue May, 2024 -

पछिल्लो २४ घण्टामा १११ जना संक्रमित

देशभर जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेको आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन् ।
हालसम्म देशभर कोरोनाका कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७६ हजार ८६५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३२६ जना पुगेका छन् ।

संक्रमितमध्ये ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् भने ११ हजार ९३५ जनाको मृत्यु भएको छ।

यसैबीच पछिल्लो २४ घण्टामा १११ जना संक्रमित थपिँदा ४१५ जना निको भएका छन् । सोही अवधिमा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनामा कोरोना परीक्षण भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com