Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

देशका विभिन्न भागमा भएका दुर्घटनामा १० जनाको मृत्यु

देशका विभिन्न भागमा भएका दुर्घटनामा १० जनाको मृत्यु भएको छ । बैतडी, धनुषा, मकवानपुर, ईलाम, ललितपुर र लुमजुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो ।बैतडीको पाटन नगरपालिका३ झालीमालीमा बा३ ख ४८७९ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । टिपरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय जनक राज पन्त लगायत ३ जनाको घटनास्थलमै र १२ वर्षीय राजेन्द्र प्रसाद पन्तको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनालाई थप उपचारको लागि नोभा अस्पताल धनगढी पठाइएको छ । दुर्घटनामा घाइते भएका ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता धनुषाको धनुषाधाम नगरपालिका९ धारापानीस्थित सडकमा मे१ ज ३०१८ नम्बरको टाटा सुमो र प्रदेश २–०२–००१ प ८३४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका८ बस्ने २४ वर्षीय मनिष बिक र शहिदनगर नगरपालिका१ बस्ने १९ वर्षीय महेश कुमार सहनी रहेका छन् । ईलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा मनिषको बाटोमै र महेश कुमारको उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com