Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

भिजिट भिसाका कामदारलाइ दःखै दुःख

राम्रो कमाइ हुने आशामा मानव तस्करको अध्यागमन सेटिङमार्फत भिजिट भिसामा आएका हरुको मृत्यु हुने क्रमसमेत बढेको छ । नेपाली दुतावास अबुधाबीका अनुसार तस्करको प्रलोभनमा परेर परिवारलाइ समेत पुर्ण जानकारी नदिइ उनिहरु दुबइ पुग्ने गरेका छन । त्यसैले मृत्यु भएको अवस्थामा पहिचान गर्न कठिनाइ हुने गरेको छ । गत वर्ष यूएइमा १सय ३८ नेपालीको मृत्यु भएको दुतावासको तथ्याङक छ । जसमध्ये २८ के आत्महत्या ,२५ को मृत्यु दुर्घटना र कोभिड १९ को कारण १८ जनाको मृत्यु भएको छ । सन् २०१८ मा ३३, २०१९ मा १७ र २०२०मा४४ जना नेपालीले यूएयमा आत्महत्या गरेका छन ।

आत्महत्याको मुख्य कारण मानसिक तनाव रहेको जानकारहरु बतउछन । कोरोन काल सुरु भएपछि धेरै मजदुर तनाबमा परेको तथ्याकं छ । २०२२ को दा्रसा्रे सातासम्म १२ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ । उनिहरुमध्ये अधिकांश भिजिट भिसामा दुबइ पुगेका थिय । बर्र्सेनि यति धेरै नेपालीको मुलुकामा मृत्यु हुदापनि सरकारले चासोदेखाएको छैन । आत्महत्या गर्नेको संख्या पनि उतिकै छ । अधुबिस्थित नेपाली राजदुत कृष्णप्रसाद ढकाल नेपालीले दबइमा आएर आत्महत्या गर्नुको पछाडि भने जस्तो काम नपाउनु हुन सक्ने बताउछन । ऋण काढेर जुन सपना देखेर भिजिट भिसामा आउनु भएको हुन्छ । त्यो पुरा हुदैन । कतिपयले पारिवारिक तनावका कारण पनि आत्महत्या गर्ने गरेको पाइन्छ । ढकाल भन्छन्। यधपि यसमा थप अनुसन्धान गर्न आवश्यक छ ।

धादिङकी रेणु थापाले २०२० डिसेम्बर २६ मा दुबइमा आत्महत्या गरिन । दलालको अध्यागमन सेटिङमार्फत भिजिट (पर्यटक ) भिसामा दुबइ पुगेकी उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । परिवारको सहमतिमा शव दुबइमै जलाइयो । दुइ छोरी की आमा थापाको विदेशमा मृत्यु हँुदा पनि परिवारले कुनै क्षतिपुर्ति पाएन । दुबइ आउन दलाललाइ १लाख ३० हजार रुपैया ँतिरेकी थिइन । भोजपुरका सागर राइ ले मार्च २३ मा दबइस्थित समुद्रमा हाम फालेर आत्महत्या गरे उनी ३ लाख तिरेर राम्रो कामको आशामा आएका थिय भने जस्तो काम नपाएपछि मृत्यु रोजे । स्याङ्जाका राजकुमार श्रेष्ठ र नवलपरासीका विवेक थापाले पनि दुबइमा आत्महत्या गरे उनिहरु अध्यगमन सेटिङमार्फत भिजिट भिसामा दुबइ आएका थिय ।

सिन्धुपाल्चोकका विकास भुजेलको शव केहि महिना देखि दुबइमा अलपत्र छ । भिजिट भिसामै आएका भए पनि उनको कहिलेर कसरी मृत्यु भयो भनेर पत्ता लगाउन दूतावसलाइ निकै कठिन भयो । प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुल प्रसाद कार्की पर्यटक भिसामा विदेश गएर आत्महत्या गर्नु दःखद भएको बताउछन । असुरक्षित वैदेशिक रोजगारीमा संलग्नलाइ कानुनी दायरामा ल्याउन माग गरे ।८० हजार हाराहरि नेपाली भिजिट भिसामा काम खोज्न दुबइ पुगेका छन । यास्ता नेपालीको तथ्याक सरकारसँग नहुने हुनाले विदेशमा बिरामी भएमा ,दुर्घटना भइ अंगभंग भएमा वा मृत्यु भएमा सहयोग नपाउने दूतावासकी श्रम काउन्सिलर निर्मला थापाको भनाइ छ । श्रम गरेर कानुनी पुक्रिया पुरा गरेको हकमा भने सरकारले आवश्यक सहयोग गर्छ , थापाले भनिन । आत्महत्या गर्नेको हकमा जीवन बिमाको रकमसमेत दाबी गर्न नपाइने यूएइको कानुन छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com