Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

इन्धनको मूल्य फेरि महँगियो

१८ वैशाख, काठमाडौं । वैशाख पहिलो साता केही घटेको इन्धनको खरिद लागत मूल्य तेस्रो सातामा पुनः महँगो भएको नेपाल आयल निगमले जनाएको हो ।
भारतीय आयल निगम आईओसी बाट ३ वैशाखमा प्राप्त मूल्य सूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई थप एक अर्ब ४५ करोड रुपैयाँ नोक्सान हुने देखिएको निगमका सह प्रवक्ता पुष्कर कार्कीले जानकारी दिएका छन ।

आज प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेल लिटरमा १० रुपैयाँले महँगो भएको कार्कीले बताए । यस्तै मट्टितेल लिटरमा ४ रुपैयाँले महँगो भएको छ भने खाना पकाउने ग्याँस सिलिण्डरमा ९९ रुपैयाँले थप महँगो भएको कार्कीको भनाइ छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको लागत १८३ रुपैयाँ २ पैसा, डिजेलको १८३ रुपैयाँ १३ पैसा मट्टितेलको १४० रुपैयाँ १९ पैसा र खाना पकाउने ग्याँसको मूल्य २६ सय ५० रुपैयाँ १८ पैसा रहेको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा, मटितेलमा २ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्याँसमा एक हजार ५० रुपैयाँ १८ पैसा नोक्सान रहेको निगमको दाबी छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको छ ।

स्थानीय तह निर्वाचनको मुखैमा रहेका कारण निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न सकेको छैन । प्रतिलिटर दुई रुपैयाँसम्म आफैं निर्णय गर्न सक्ने अधिकार भए पनि निगम नेतृत्वले निर्णय लिन नसक्दा निगमको वित्तीय अवस्था संकटतर्फ धकेलिएको छ । तेल खरिद बापत भारतीय आयल निगमलाई मे महिनामा बुझाउनु पर्ने १० अर्ब रुपैयाँ भन्दा बढी रकमको स्रोत अझै सुनिश्चित नभएको निगमले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com