Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

काँग्रेसले एमसीसी पास गर्यो त्यही कारण काँग्रेसलाई भोट देउ रामचन्द्र

काठमाडौं ८ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर काँग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका हुन । काँग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा पौडेलले एमसीसी पास गर्ने काँग्रेस हो भनेर जनतामाझ जानुपर्ने र काँग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरेका छन ।

एमसीसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, “काँग्रेसले एमसीसी पास गर्यो त्यही कारण काँग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ ।
नेपालको गरिबी अन्त्यका लागि एमसीसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसीसीको विरोध गर्नेहरु राष्ट्रघाती भएको आरोप लगाएका छन । देश विकास गर्ने पार्टी काँग्रेस हो, देशलाई काँग्रेसले बलियो बनाउँछ पौडेलले भने, देशको भविष्य सोचेर काँग्रेसले दूरदर्शी निर्णय गरेको हो ।”

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com