Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

सत्ता गठबन्धनले संयुक्त नेता–कार्यकर्ता भेला र ओलीले नागरिकसँग टेलिफोनमा कुरा गर्दै

काठमाण्डौ – सत्ता गठबन्धनले आजदेखि संयुक्त नेता–कार्यकर्ता भेला सुरु गर्दैछ । यसअघि सातवटै प्रदेशमा नेता–कार्यकर्ता भेला गर्ने निर्णय गरेको सत्ता गठबन्धनले आज पहिलो भेला गण्डकी र लुम्बिनीमा गर्दैछ ।

आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका थिए ।

नेकपा एकीकृत समाजवादीको समन्वयमा आज गण्डकी प्रदेशको पोखरामा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा नेता–कार्यकर्ता भेला हुँदैछ । भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

भोलि ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ । अन्तिम भेला ७ गते माओवादीको समन्वयमा काठमाण्डौमा हुनेछ ।

निर्वाचन आयोगले आउँदो कात्तिक १८ गते भन्दा अगाडि राजनीतिक दलहरुले चुनाव प्रचारको लागि कोणसभा र आमसभा भने गर्न नपाउने बताएको छ । चुनाव आउन अब ३० दिन मात्रै बाँकी छ ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने तयारी गर्नुभएको छ ।
ओलीसँग कुराकानीको लागि एकलाख ७१ हजारभन्दा धेरैले नाम टिपाएको एमालेले जनाएको छ ।
ओलीले मंगलबार आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गर्नुभएको थियो । प्राप्त नम्बरका आधारमा उहाँले आज कुराकानी गर्ने तयारी छ । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com