शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका कर्ण साउद विजयी

जेठ,१ काठमाण्डौ। बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका कर्ण साउद विजयी भएका छन् । ३१६५ मत लिएर साउद विजयी भएका हुन् ।
उनका प्रतिस्प्रधी एमालेका उम्मेदवार हजारी सिंह साउदले २८४९ मत ल्याए ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका नरेन्द्र साउदलाई पराजित गर्दै एमालेकी सकुन्तोला साउदले २८१७ मत ल्याएर विजयी भएकी छिन् ।उपाध्यक्षमा निर्वाचित भएकी सकुन्तोला साउदका प्रतिस्प्रधी नरेन्द्र साउदले २६९९ मत ल्याएको निर्वाचन अधिकृत राम बहादुर हमालले जानकारी दिए ।
शिवनाथमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।