Yeti Khabar

२०८२ जेष्ठ ९, शुक्रबार - Fri May, 2025 -

कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयो

जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको घटनामा दिनेशकुमार शर्माको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको छ । भारतले अपरेशन सिन्दूर नाम दिएर पाकिस्तानमा गरेको हवाई आक्रमणमा ३१ जनाको ज्यान गएको छ । पाकिस्तानको पक्षबाट भएको गोला बारुद बाट पनि काश्मीरमा १५ जनाको ज्यान गइसकेको छ ।

गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यही घटनाको बदलामा  भारतले आक्रमण गरेको बताएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको बताउनुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि दक्षिण एशियामा आएको यो सङ्कटपूर्ण अवस्थाको समाधान गर्नका लागि दुवै पक्षसँग वार्ता भइरहेको पनि जानकारी दिनुभएको बीबीसीले जनाएको छ ।

त्यस्तै युक्रेनको विदेश मन्त्रालयले भारत र पाकिस्तानलाई संयमता अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन अपिल गरेको छ ।

युक्रेनले दक्षिण एशियाको सुरक्षा अवस्था बिग्रन सक्ने कदमहरूबाट बच्नुपर्नेमा जोड दिएको छ । यस्तै भारत र पाकिस्तानबीच तनाव कम गर्न दुवै देशलाई सहयोग गर्न तयार रहेको बेलायतले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com