भ्रष्टाचारी र तस्करका लागि बनेको हो यो सरकार : सांसद महेन्द्रबहादुर

बैशाख, २२ काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकार बिचौलिया, भ्रष्टाचारी र तस्करहरूका लागि बनेको बताएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले यस्तो आरोप लगाएका छन्। प्रचण्ड नेतृत्वको सरकारको पालामा सुत्न नपाएका बिचौलिया र भ्रष्टाचारीहरू अहिले खुशीका साथ निदाइरहेको उनको टिप्पणी छ।

सांसद शाहीले सरकार जनताको हित हुने नभई बिचौलियाको हित हुने नीति निर्माण लागेको समेत आरोप लगाए। शाहीले भने, ‘यो सरकार जनताका लागि बनेको होइन। यो सरकार बिचौलिया, भ्रष्टाचारी र तस्करहरूका लागि बनेको हो।