Yeti Khabar

२०८२ असार ९, सोमबार - Mon Jun, 2025 -

विदेशी चलचित्रमा सय प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गर्नुभएको छ । उहाँले विदेशी चलचित्रहरूमा सय प्रतिशत कर लगाउने बताउनुभएको हो ।

ट्रम्पले विदेशी चलचित्रहरूमा कर लगाउने प्रक्रिया शुरू गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले अमेरिकाको चलचित्र उद्योगलाई डुबाउन अन्य देशहरूले अमेरिकाका चलचित्र निर्माता  र स्टुडियोहरूलाई प्रोत्साहन गरिरहेका आरोपसमेत लगाउनुभएको छ ।

यसका लागि अन्य देशहरूले सङ्गठित प्रयास गरिरहेकाले राष्ट्रिय सुरक्षाका लागि खतरा भएको उहाँको भनाइ छ । यद्यपि अमेरिकामा चलचित्रहरू बनोस् भन्ने आफ्नो चाहना रहेको ट्रम्पले उल्लेख गर्नुभएको छ ।

गएको जनवरीमा आफ्नो दोस्रो कार्यकाल शुरू भएदेखि नै ट्रम्पले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहन दिने र रोजगारी बचाउने भन्दै विश्वभरका देशहरूमा कर लगाइरहनुभएको छ । तर उहाँको कर नीतिले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com