Yeti Khabar

२०८२ असार ९, सोमबार - Mon Jun, 2025 -

ललितपुरमा कार दुर्घटना हुँदा तीन जना घाइते

बैशाख, २२ काठमाण्डौ । ललितपुरको हात्तीवनमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । हिजोराती बा १५ च ७६५२ नम्बरको कार दुर्घटना हुँदा कारमा रहेका विशाल बिक, अमरध्वज पौडेल र मुसेस लामिछाने घाइते भएका प्रहरीले बताएको छ । घाइते सबैको पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीले बताउनुभयो ।

उहाँका अनुसार कारमा चालकसहित ४ जना थिए । कार चालक रुपक सापकोटा भने सामान्य घाइते भएका छन् । उनले रक्सी खाएर गाडी चलाएको पाइएकोले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कारको ठक्करबाट सडकमा रहेको बिजुलीको पोल भाँचिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com