तोलामा ३९०० रुपैयाँले घट्यो सुनको मूल्य

चैत्र, २२ काठमाडौं । आज सुनको मूल्यमा उच्च गिरावट आएको छ। हिजोको दिन उच्च रेकर्ड कायम बनाएको सुन आज ३ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

महासंघका अनुसार आज तोलामा सुनको मूल्य १ लाख ७६ हजार ४०० रुपैयाँ भएको छ। हिजो तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज तोलाको चाँदी १ हजार ८७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।