सिन्धुलीमा भैँसीले हानेर एक वृद्धको मृत्यु

फागुन, १ काठमाडौं । सिन्धुलीमा भैँसीले हानेर एक वृद्धको मृत्यु भएको छ। सुनकोशी गाउँपालिका ३ नौबिसेमा भैँसीले हान्दा स्थानीय ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको छ।
हिजो माइलो छोरा फडिन्द्र भुजेलको गोठमा घाँस हाल्न जाँदा भैँसीले किलो भाँचेर फुत्किएपछि घर्तीलाई हानेको प्रहरीले बताएको छ । छोराले बुबालाई गोठमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी रातामाटाबाट गएको प्रहरीले मुचुल्का गरी घर्तीको शव साँझ पोष्टमार्टमाका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ ।