Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै

माघ, २१ काठमाडौं । आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्ने दिन। श्रीपञ्चमीका अवसरमा सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लागेको छ। विद्यार्थीले विशेषगरी सरस्वतीको पूजाअर्चना गर्ने र आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ।

सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ।काठमाण्डौ उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अरु जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com