Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

समाजवादी मोर्चाको बैठक आज बस्ने

माघ, २ काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्ने भएकाे छ । दिउँसो २ बजे एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।

माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा यो मोर्चा निष्क्रिय जस्ते रहेकाे थियो । प्रचण्ड सत्ताबाट बाहिरिएपछि भने पुन: सक्रिय भएकाे छ ।

२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

समाजवादी मोर्चाको बैठकअघि माओवादी अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलको बैठक बोलाएका छन् । प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको दलको बसिरहेकाे छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com