पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर

पुष, २४ काठमाडौं । सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् । आज बयानका लागि कोइराला उच्च अदालत विराटनगरमा उपस्थित भएकी हुन् । उनी अदालतमा हाजिर भएसँगै कोइरालाको थुनछेक बहस सुरू हुने तयारी छ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा उनीसहित २५ जनाविरुद्ध उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।