Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

भूकम्पपछि परकम्पको जोखिम : सतर्क रहन प्रधानमन्त्रीको आग्रह

पुष, २३ काठमाण्डौ । ठूलो भूकम्प गएपछि परकम्प जानसक्ने जोखिम रहने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार कुनै पनि ठूलो भूकम्पपछि परकम्प आउने सम्भावना हुन्छ ।

आज बिहान ६ बजेर ५० मिनेटमा तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको हो । भूकम्पको धक्का नेपालका विभिन्न भागमा पनि महसुस गरिएको छ । यो भूकम्पपछि परकम्प पनि आउन सक्ने केन्द्रले बताएको छ ।

यसैबीच भूकम्पको धक्कापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले बेलाबेला स–साना भूकम्पको धक्का आइरहेका भन्दै सबैलाई सतर्क रहन, सुरक्षित बस्न आग्रह गर्नुभएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com