Yeti Khabar

२०८१ माघ २८, सोमबार - Mon Feb, 2025 -

पिंगलास्थानबाट भागेको भनिएका पुरूष मृत फेला

पुस, २० काठमाडाैं । काठमाडौंको पिंगलास्थानको एक होटलमा युवती मृत फेला परेको घटनामा फरार भनिएका पुरूष मृत फेला परेका छन् ।

शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ सिस्नेरीस्थित एक रूखमा देवकुमार थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले जानकारी दिए । थापा आफ्नो घरदेखि अन्दाजी एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

बुधबार काठमाडौं महानगरपालिका-९ पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ भित्र सुस्मिता खड्का मृत फेला परेकी थिइन् । उनीसँगै थापा पनि नयाँ वर्षको अघिल्लो दिन त्यहाँ पुगेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो ।

सुस्मिताको मृत्यु कसरी भएको थियो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको बाहिरी चोट देखिएको थिएन। काठमाडौं परिसरका एक प्रहरीले यसको औपचारिक जानकारी लिने काम भइरहेको बताएकाे छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com